Aamsanchar

सगरमाथा यातायातले चारआलीमा ६ वटा सवारीलाई ठक्कर दिदा ६ जना घाईते

Author Image
बुधवार, कार्तिक १०, २०७८

 

बिर्तामोड । झापाको मेचीनगर स्थित चारआलीमा मे १ख ३२७१ नम्बरको सगरमाथा यातायातले ६ वटा सवारीलाई ठक्कर दिदा ६ जनानै घाईते भएका छन् ।

आज बेलुका ६ बजेर ३० मिनेटमा बिर्तामोड नगरपालिका–५ स्थित पुर्व पश्चिम लोकमार्गमा सडक छेउमा पार्कीङ गरी राखेको बा १५च ६४०३ नम्बरको कारलाई पश्चिम बाट पूर्व तर्फ जाँदै गरेको सगरमाथा यातायात बसले ठक्कर दिएर पुर्व तर्फ भाग्ने क्रममा बिर्तामोड नपा–६ बुट्टाबारीमा बिपरित दिशाबाट आउदै गरेको मे ५प ९००२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा क्षती पुगेको छ । उक्त मोटरसाईल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी हवल्दार साङगे शेर्पाको रहेको पाईएको छ । चालक शेर्पा भने सकुशल रहेका छन् ।

त्यसैगरी सोही बसले पुर्व–पस्चिम लोकमार्ग स्थित मेचीनगर–११ कालिझोडामा पूर्बबाट पस्चिम तर्फ जाँदै गरेको मे ९प ७०९२ नम्बरको मोटरसाईकललाई पनि ढक्कर दिएको छ । सोही बसले मे १ज ८७४ नम्बरको म्याजिक भेन, मे १ज १९८१ नम्बरको बोलेरो जीप र प्र १–०१–००१ख ३५३६ नम्बरको ट्रकलाई ठक्कर दिएको हो ।

दुर्घटनामा मे ९ प ७०९२ न. को मोटरसाईकल चालक इलाम चुलाचुली गाउँपालिका–१ बस्ने बर्ष ३५ को बिजय बि.क.को दाहीने खुट्टा भाचिएको छ । सोहि मोटरसाईकलमा पछाडी सवार बि.क.की श्रीमती बर्ष २७ की प्रमिला बिकको दुबैवटा खुट्टा भाचिएको छ । त्यसैगरी दुर्घटनामा घाईते हुनेमा मे १ज ८७४ न. को म्याजिकमा सवार झापा बिर्तामोड–५ बस्ने बर्ष ४३ की बिमला भट्टराईको टाउकोमा चोट लागेको छ । सोहि म्याजीकमा सवार .झापा अर्जुनधारा नपा–६ बस्ने बर्ष ३६ की कल्पना अधिकारी, अर्जुनधारा– ५ बस्ने बर्ष ३५ की रुद्रमायाँ धिमालको पनि टाउकोमा चोट लागेको छ । दुर्घटनामा अर्जुनधारा–११ बस्ने बर्ष ४५ का देवराज राई घाईते भएका छन् उनको पनि टाउकोमा चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

दुर्घटनामा घाईते हुनेहरुलाई उपचारका ेलागि बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा भर्ना गरिएको छ ।

घटनामा रहेको मे ५प ९००२ नम्बरको मोटरसाईकल इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ भने बस चालक फरार रहेका छन् । दुर्घटनामा क्षती भएका सबै सवारी साधन प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको छ । घटना स्थल चारआलीबाट १ किलोमिटर पश्चिममा भएको थियो ।

बस चालकले माधक पदार्थ सेवन गरेर बस चलाएको कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर