Aamsanchar

सुकीका निकट सहयोगीलाई  २० वर्षको जेल

Author Image
शनिवार, कार्तिक १३, २०७८

   

काठमाण्डाै – म्यानमारकी नेतृ आङ सान सुकीका निकट सहयोगीलाई  २० वर्षको जेल सजाय सुनाइएको छ । सुकीका सहयोगी यू विन एचटिनलाई विशेष अदालतले धारा १ सय २४ ‘क’ अन्तर्गत २० वर्षको कैद सजाय सुनाएको हो । ८० वर्षीय यू विन लामो समयदेखि राजनीतिक कैदी थिए ।

 यू विन लामो समयसम्म सैन्य शासनविरुद्ध प्रचार गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि जेलमा रहँदै आएका थिए ।

पक्राउ  हुनुभन्दा केही दिन अगाडि उहाँले  स्थानीय सञ्चार माध्यमलाई सैन्य शासन ‘विवेकी निर्णय नभएको’ र यसले देशलाई गलत दिशामा लगेको बताएका थिए । गएको फेब्रुअरीमा  नेतृ आङ सान सुकी लगायतका नेताहरूलाई पक्राउ गरेर म्यानमारको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

म्यानमारमा सैन्य शासन सुरु भएदेखि  नै राजनीतिक अस्तव्यस्तता देखिएको छ । एक स्थानीय मानव अधिकार अनुगमनकारी समूहका अनुसार यो अवधिमा राष्ट्रव्यापीरूपमा ठूला विरोध प्रदर्शनहरू भएका छन् ।  म्यानमारमा एक हजारभन्दा बढी मानिसहरू सुरक्षा फौजद्वारा मारिएका छन् । 

Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर