Aamsanchar

बिर्तामोड १ मा हसियाले पेट काटिएको अवस्थामा फेला परेका उप्रेतीको मृत्यु

Author Image
आइतवार, कार्तिक १४, २०७८

चारपाने । झापाको विर्तामोड–१ पञ्चकन्या प्लटिङ देखि २ सय मिटर उत्तरमा हसियाले पेट रेटिएर शक्त घाईते अबस्थामा भेटिएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।

झापा हल्दिबारी–४,जलथलका अन्दाजी बर्ष ३८ का राजेन्द्र उप्रेतीको बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा राती १२ बजेर ३० मिनेटमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्रमुख डिएसपी सन्तोष आचार्यले बताए ।

घटनाको बारेमा  नालीबेली
हिजो दिदीको घरमा पाउना आएका उप्रेतीले अस्वभाविक प्रतिकृया देखाए पछि दिदी पवित्रा प्रसाईंले अर्का भाई प्रेम उप्रेतीलाई सहाराको लागि आफ्नो घरमा बोलाएकी थिईन् ।  राजेन्द्र उप्रेती मदिरा शेवनका कराण लठ् परेको र केही महिनादेखि मानसिक रोगको सिकार समेत बनेको परिवार श्रोतले बताएको छ ।

दुई दाजु–भाई र दिदी बीच पारिवारिक गफगाफ सुरु भयो, बिरामी भाई राजेन्द्रलाई सम्झाउने काम हुदैथियो । उपचार गर्नको लागि कसरी अगाडी बढने भन्ने सल्लाह हुन थाल्यो त्यही क्रममा दिदीले भाईहरुलाई खानको लागि तातोपानी ल्याएर दिएकी थिईन, भाई राजेन्द्रले तातोपानीको गिलास हातमा लिएका थिए । दाई प्रेमले अब उपचार गर्न जानु पर्छ भन्दै भाईलाई सम्झाउदै मात्र थिए सोही बेला भाई राजेन्द्रले दाईको मुखमा तातोपानीको गिलासले प्रहार गरे । त्यस पछि दाजुभाई बीच तनाव सृजना हुन पुग्यो ।

झगडा नर्गन भनेर भाई राजेन्द्रलाई दिदी पवित्राले सम्झाउन खोज्दा दिदीलाई पनि भाईले धारिलो बस्तुले प्रहार गर्दा दिदी पनि धाईते बनेकी छन् । होहल्ला हुन थालेपछि सोही घरमा भाडाँमा बस्ने उपेन्द्र सिंह छुट्याउन आईपुगे, सिंहलाई पनि राजेन्द्रले भान्छा कोठामा रहेको  हसियाले प्रहार गर्दा सिंहको हातको औंलाहरुमा चोट लागेको छ ।

सिंहलाई घाईते बनाएपछि हातमा हसिया लिएर राती ८ बजे तिर घर बाहिर निस्किएर हिडेका राजेन्द्र धानबारी तिर हराए । सामान्य रुपमा खोज्ने काम भयो, हातमा हतियार बोकेकोले छिमेकीहरुले पनि धानबारीमा खोज्न जाने हिम्मत गरेनन् ।

छिमेकीहरुले प्रहरीलाई खबर गरे डिएसपी आचार्य सहितको प्रहरीटोली पुगेर खोज्ने काम भयो तर प्रहरीले पनि तत्काल फेला पार्न नसकेपछि प्रहरी टोली फर्कन लाग्दा घर देखि २ सय मिटर पूर्व उत्तरमा  राती ९ बजेको समयमा हसियाले पेट काटेर आन्द्रा धानबारीमा लत्रिएको अवस्थामा प्रहरीले घाईले राजेन्द्रलाई फेला पार्यो । त्यस पस्चात तत्काल उपचारको लागि प्रहरीले अस्पताल पुर्याएको थियो । अस्पतालमा नै राजेन्द्र उप्रेतीको मृत्यु भएको  घटनाका प्रत्यक्षदर्शी छिमेकी सुनिराम हेमरमले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर