
काठमाडौं : नाइजेरियाको लागोस सहरमा निर्माणाधीन २२ तले अग्लो भवन भत्किँदा कम्तिमा चार जनाको मृत्यु भएको छ भने अन्य कयौं बेपत्ता छन्।

भवन भत्किएपछि उद्धारकर्ताहरूले रातभरि बाँचेकाहरूको खोजी गरिरहेका छन्। हालसम्म चार जना जीवितै भेटिएका छन्।
भवन के कारणले भत्कियो र कति मानिस भग्नावशेष मुनि फसेका छन् भन्ने स्पष्ट हुन सकेको छैन।

अपमार्केट जिल्लास्थित सो भवन स्थानीय समय अनुसार राति करिब पौने तीन बजे खसेको हो।
Views: 345

