Aamsanchar

झापाका तिनवटा पालिकामा गर्भवती तथा सुत्केरी महिलामा देखिने मानसिक समस्या समाधान कार्यक्रम गर्ने तयारी

Author Image
मङ्गलवार, कार्तिक १६, २०७८

झापा । गर्भवती तथा सुत्केरी महिलामा देखिने मानसिक समस्याहरुको न्यूनीकरणका लागि समुदाय स्तरबाट कसरी काम गर्न सकिन्छ भन्ने उद्देश्यले झापाको बिर्तामोडमा एक दिने कार्यशाला सम्पन्न भएको छ ।

मातृ स्वास्थ्य सेवा सम्वन्धी सामाजिक अवस्था विषयक कार्यशाला सोमवार सम्पन्न भएको हो । मेचीनगर, अर्जुनधारा र कनकाई नगरपालिकाका उपप्रमुख, स्वास्थ्य शाखाका प्रमुख, सबै स्वास्थ्य संस्थाका प्रमुख तथा कर्मचारीको समेत सहभागीतामा कार्यक्रम भएको हो ।

वहु सास्कृतिक मनोसामाजिक संगठन (टीओपी नेपाल)को आयोजनामा भएको कार्यक्रममा डा. नगेन्द्र लुइटेल, मनोविद प्रशंसा सुब्बा र प्रज्ञा श्रेष्ठले सहजीकरण गरेका थिए ।

वहु सास्कृतिक मनोसामाजिक संगठनका झापा प्रमुख गोविन्द कोइरालाले स्वागत गरेको कार्याक्रममा तीन वटा स्थानीय तहमा पहिलो चरणमा यो कार्यक्रम लागू गर्ने बताइएको छ । जसका लागि पालिकासंग सम्झौता समेत भएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर