Aamsanchar

नेपालमा हालसम्म हान्टाभाइरसको कुनै पनि सङ्क्रमण पुष्टि नभएको स्पष्ट

Author Image
बुधवार, वैशाख ३०, २०८३

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा हालसम्म हान्टाभाइरसको कुनै पनि सङ्क्रमण पुष्टि नभएको स्पष्ट पारेको छ।

पछिल्लो समय यस भाइरसका बारेमा भइरहेका विभिन्न चर्चा र आशङ्काका बीच मन्त्रालयले एक आधिकारिक सूचना जारी गर्दै नेपालमा यसको तत्काल जोखिम अत्यन्त न्यून रहेको जनाएको हो।

मन्त्रालयका अनुसार हाल चर्चामा रहेको हान्टाभाइरस समूहको ‘एन्डिज भाइरस’ सार्ने विशेष प्रजातिको मुसा नेपालमा सामान्यतया पाइँदैन। जसका कारण नेपालमा यो भाइरस महामारीका रूपमा फैलिने सम्भावना नरहेको स्वास्थ्य विज्ञहरूको ठम्याइ छ।

Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर