Aamsanchar

एमाले बिर्तामोड नगर कमिटीको अध्यक्षमा भट्टराई निर्वाचित

Author Image
बुधवार, कार्तिक १७, २०७८

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको अध्यक्षमा सुवास भट्टराई निर्वाचित भएका छन् । अध्यक्षमा भट्टराई र पुराना नेता उमानाथ ओली बिच प्रतिष्पर्धा भएको थियो । आज राती सम्पन्न मत गणनाको परिणाम अनुसार भट्टराईले २७७ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्दी ओलीले १४० मत प्राप्त गरे ।

नगर कमिटीको उपाध्यक्षमा २१४ मत प्राप्त गर्दै पुष्पा दाहाल निर्वाचित भइन् । उनको प्रतिद्वन्दी उर्मिला विमली खरेलले १९४ मत प्राप्त गरिन् । यस्तै, सचिवमा शेखर कँडेल निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी शंकरराज ढुङ्गेलले १८६ र कँडेलले २१६ मत प्राप्त गरेका छन् । उपसचिव पद्मा प्रकास लिङ्देन र मदन बुढाथोकी निर्वाचित भएका छन् । दुई जना उपसचिवका लागि ८ जना बिच निर्वाचन भएको थियो । उपसचिवका उम्मेद्वारहरु डिल्ली सुब्बा १६९, प्रकास लिङ्देन १७९, प्रदिप खरेल ८२, कान्ती बहादुर कार्की ३४, मदन बुढाथोकी १७०, केशव कुमार ६१, पारस संगौला ८३ र तारा प्रसाद चापागाईले ३६ मत पाएका छन् ।

यस्तै सदस्यमा गुञ्जन प्रसाई र किशोर पौडेल निर्वाचित भएका छन् । दलित सदस्यमा रोशन घतानी र सुमन त्रिखत्री निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 270

प्रतिक्रिया (०)

सम्बन्धित खबर