Aamsanchar

झापा गाउँपालिका फुटबल प्रतियोगितामा शैनिक र गौरादहको बिजयी सुरुवात

Author Image
आइतवार, कार्तिक २१, २०७८

झापा । झापाको झापा गाउँपालिकामा आइतबार देखि सुरु भएको खुल्ला नकाउट फुटबल प्रतियोगितामा अल इन वान शैनिकमोड र द हन्टर गौरादहले बिजयी सुरुवात गरेका छन ।

उद्घाटन खेल खेल्ने अबसर पाएको अल इन वनले डाँगीबारी बाह्रदशीको टिम सँग ट्राइबेकरमा जित निकाल्दै बाजि मारेको हो।खेलको ४० औँ मिनेटमा अल इन वानका बिश्वास लिम्बुले टिमलाई अग्रता दिलाए सँगै डाँगीबारीका दिपेश श्रेष्ठले खेलको ४३ औँ मिनेटमा एक गोल पुन: जस्ताकोतस्तै अल इन वानलाई फर्काएका थिए।निर्धारित समयमा दुबै तर्फ १-१ गोलको बराबरी भएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो।ट्राईब्रेकरमा ५-५ सुटको अबसर पाएका दुबै टिममा अल इन वान ३-२ को गोलान्तरले बिजयी बनेको छ।

त्यस्तै समूह “बी” अन्तरगत आजै भएको दोस्रो खेलमा ट्राईब्रेकरमै जित निकाल्दै शिवसताक्षीलाई पराजित गर्दै द हन्टर गौरादह बिजयी बनेको छ।शिवसताक्षीका मनिस लिम्बुले एक गोल गर्ने बित्तिकै द हन्टरका तर्फबाट भरत निरौलाले एक गोल फर्काएका थिए।निर्धारित समयमा १-१ गोलको बराबरी भएपछी ट्राइब्रेकरमा ४-१ को गोलान्तरले द हन्टरले जित हासिल गरेको छ।

प्रतियोगिताको उद्घाटन झापा वडा नम्बर २ का वडाध्यक्ष नेत्रबहादुर खड्काले गरेका थिए।क्लबका अध्यक्ष बाबुराम लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षहरु नेत्रप्रसाद उप्रेती,हरिबहादुर बानियाँं,सामाजिक अगुवाहरु गजेन्द्र ताम्ली,गौरीशंकर राजबंशी लगायतको उपस्थिति रहेको थियो।

जोर माई युवा क्लब झापा गाउँपालिका-२ सडकबारीले आयोजना गरेको प्रतियोगितामा प्रथम विजेता टिमलाई ५०,९९९ नगद , ट्रफी , मेडल, उपविजेता टिमलाई ३०,९९९ नगद , ट्रफी र मेडल प्रदान गरिने क्लवका अध्यक्ष बाबुराम लिम्बुले बताए । प्रतियोगितामा बेस्ट प्लेयर , हाईस्कोरर , बेस्ट किपर र म्यान अफ द म्याचले समेत ट्रफी पाउनेछ्न।प्रतियोगितामा जिल्लाका आठ टिमले सहभागीता जनाएका छन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर