Aamsanchar

झापा गाउँपालिका खुल्ला नकाउट फुटबल  जलथल एफसी र कनकाईको जीत

Author Image
सोमवार, कार्तिक २२, २०७८

झापा। जोरमाई युवा क्लब झापा गाउँपालिका-२ सडकबारीको आयोजनामा जारी खुल्ला नकाउट फुटबल प्रतियोगितामा आज सोमबार दुई खेल सम्पन्न भएका छन।

सडकबारीको खेल मैदानमा भएको पहिलो खेलमा आयोजक टिमलाई ४-१ को गोलान्तरले हराउँदै कनकाई बिजयी बनेको छ।आयोजक टिमले सुरुवात देखि बर्चस्व कायम गरेको खेलको पहिलो हाफको १६ मिनेटमै कनकाईका आशिष लावतीले एक गोल गरेका थिए।आक्रामक देखिएको आयोजक गोलको बद्ला लिन दोस्रो हाफमा सुरुवात देखिनै आक्रामक बनेको थियो।दोस्रो हाफको छैठौं मिनेटमा आयोजकका तर्फबाट अनिश खड्काले १ गोल लगाउदै बराबरीमा पुर्याएका थिए।तर बराबरी भने धेरै समय टिक्न सकेन एघारौं मिनेटमा रोहित शर्माले पुनस् १ गोल थप्दै कनकाईलाई अग्रता दिलाए।कनकाईलाई अझै गोल थप्न पेनाल्टी सुट आउट हान्ने मौका मिल्यो।पेनाल्टीको अवसर नगुमाई युकेश तामाङले एक गोल थपे।आक्रामक देखि शिथिल अबस्थामा पुगेको आयोजक टिमलाई पुनस् रोहित शर्माले एक गोल थपे।उक्त खेलका म्यान अफद म्याच रोहित घोषित भए।

त्यस्तै सयपत्री युवा क्लब अर्जुनधारा र जलथल फुटबल क्लब बिच भएको दोस्रो खेलमा ट्राइब्रेकरमा ४-१ गोलान्तरले जलथल बिजयी बनेको छ।निर्धारित समयमा १-१ गोलको बराबरी भएपछी खेल ट्राइब्रेकरमा धकेलिएको थियो। ट्राइब्रेकरको अबसरलाई जलथलले सदुपयोग गरेको छ। यस प्रतियोगितामा सयपत्रीका सौगात गोम्देन म्यान अफद म्याच घोषित भए।

प्रतियोगितामा प्रथम विजेता टिमलाई ५०,९९९ नगद , ट्रफी , मेडल, उपविजेता टिमलाई ३०,९९९ नगद , ट्रफी र मेडल प्रदान गरिने क्लवका अध्यक्ष बाबुराम लिम्बुले बताए । प्रतियोगितामा बेस्ट प्लेयर , हाईस्कोरर , बेस्ट किपर र म्यान अफ द म्याचले समेत ट्रफी पाउनेछ्न।प्रतियोगितामा जिल्लाका आठ टिमले सहभागीता जनाएका छन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)