Aamsanchar

कुवेतले सबै प्रकारका भिसा जारी गर्ने

Author Image
मङ्गलवार, कार्तिक २३, २०७८

काठमाण्डौ – कुवेतले सबै प्रकारका भिसा जारी गर्ने तयारी गरेको छ । कोरोना सङ्क्रमण दर घट्दै जाँदा वर्क परमिटसँगै वर्किङ भिसा, बिजनेस भिसा, टुरिस्ट भिसा लगायत सबै प्रकारका भिसा जारी गर्ने तयारी गरेको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको खबर कुवेत टाइम्सले लेखेको छ ।

तर कुवेतले मान्यता दिएका दुवै खोप लगाएकाहरूका लागि मात्र कुवेतले भिसाहरू जारी गर्ने सर्त राखेको छ । खोप लगाएको क्युआरकोड सहितको भ्याक्सिनेसन सर्टिफिकेट भिसाको लागि अप्लाइ गर्दा पेस गर्न पर्नेछ । अन्य खोप लगाएकाहरूले भो बुस्टर डोज खोप लगाएको हुन पर्नेछ ।

कुवेतले कोरोना महामारी रोकथामका लागि भन्दै नयाँ भिसा जारी गर्न रोकेको थियो । तर पछिल्लो समय कोरोना सङ्क्रमण घट्दै जाँदा लगाएका प्रतिबन्धहरू पनि खुकुलो बनाउँदै लगेको छ ।

कुवेतले सबै प्रकारका भिसा जारी गर्न थालेपछि विदेशीका लागि वर्क परमिट पनि जारी गर्न थाल्ने जनाएको छ ।

Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर