Aamsanchar

युरोपमा ग्याँस आपूर्ति रोकिदिने बेलारुसको चेतावनी

Author Image
शुक्रवार, कार्तिक २६, २०७८

काठमाण्डाै – बेलारुसले आप्रवासी सङ्कटलाई लिएर आफ्नो देशमाथि प्रतिबन्ध लगाएमा युरोपको ग्याँस आपूर्ति रोकिदिने चेतावनी दिएकाे छ । बेलारुसका नेता एलेक्जेन्डर लुकासेन्कोले प्रतिबन्ध लगाएमा आफूहरूले जवाफ दिने बताउनु भएको हो ।

लुकासेन्कोको अभिव्यक्तिले युरोपमा अहिले नै अभाव र उच्च मूल्यमा रहेको ग्याँसलाई लिएर नयाँ चिन्ता उत्पन्न भएको छ ।

बेलारुसको पश्चिमी सीमामा पोल्यान्डतर्फ धेरैजसो इराक, सिरिया र यमनबाट आएका हजारौँ आप्रवासीहरू युरोपेली सङ्घ (ईयू)को क्षेत्रभित्र प्रवेश गर्ने आशामा चिसो सहेर बसिरहेका छन्  ।

ईयू अधिकारीहरूले बेलारुसलाई यो सङ्कटलाई उचालेर सुरक्षा अवस्था बिगारेको आरोप लगाएका छन् । तर बेलारुसले यसलाई अस्वीकार गर्दै आएको छ।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्का पश्चिमा सदस्य राष्ट्रहरूले पोल्यान्डसँगको सीमामा उत्पन्न आप्रवासी सङ्कटबारे बोल्दै बेलारुसका कदमको आलोचना गरेका छन् । 

Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर