गोरखा दरवारबाट देखिएको मनास्लु हिमाल । मनास्लु जसलाई कुताङ्ग भनेर पनि भनिन्छ । यो संसारको आठौँ अग्लो हिमाल हो, र यो मानसिरी पर्वतशृङ्खलामा रहेको छ, यो नेपाली हिमालय शृङ्खलाको एक भाग हो, यसको अवस्थिति नेपालको सुदुर पश्चिम भागमा रहेको छ। यसको नामले ‘उत्साहको पर्वत’ भन्ने अर्थ राख्दछ । यसको आरोहण सर्वप्रथम ९, १९५६मा जापानी आरोहण टोलीका सदस्यहरू तासिओ इमानिसीले र ग्याल्जेन नोर्बुद्वारा भएको थियो । भनिन्छ नेपालमा रहेको सगरमाथालाई बेलायतीहरूले आफ्नो माने जस्तै मनासलुलाई जापानी पर्वतको रूपमा लिइन्छ । यो हिमाल संसारको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । यसको उचाई ८,१५६ मिटर छ । फोटो : विनोद पाण्डे/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 89