Aamsanchar

‘कृषकहरुलाई हल्दिबारीले मालपोत करमा छुट दिने’

Author Image
सोमवार, मंसिर ६, २०७८


हल्दिबारी । केही समय अघि परेको बेमौसमी अविरल बर्षाको कारणले धानबाली लडेर क्षति बहोरेका कृषकहरुलाई हल्दिबारी गाउँपालिकाले राहत दिने निर्णय गरेको छ । आज मंसिर ०५ गते बसेको हल्दिबारी गाउँपालिकाको नियमित मासिक बैठकले पीडित कृषकहरुलाइ राहत दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिए ।

प्रवक्ता पोर्तेलका अनुसार हल्दिबारी गाउँपालिकामा बेमौसमी बर्षाको कारणले पूर्ण रुपमा ९३७ विगाहा, आँशिक रुपमा ७३० बिगाहा र सामान्य रुपमा १७७ बिगाहामा जमिनमा लगाइएको धानबालीमा क्षति भएको थियो । आज बसेको गाउँ कार्यपालिकाको बैठकले पूर्ण रुपमा धानबाली नष्ट भएका कृषकहरुलाई चालू आ।व। मा तिर्नुपर्ने मालपोतमा १०० प्रतिशत छुट दिने त्यस्तै आँशिक रुपमा क्षति भएका कृषकहरूलाई ७५ प्रतिशत छुट दिने र सामान्य क्षति भएका कृषकहरुलाई ५० प्रतिशत छुट दिने निर्णय गाउँ कार्यपालिकाको बैठकले गरेको प्रवक्ता पोर्तेलले बताए ।

त्यस्तै गरि अधिया र ठेक्का खेती गर्ने कृषकहरुको हकमा धानबाली नष्ट भएको जमीनमा आवश्यक धानको बिउ गाउँपालिकाबाट निशुल्क उपलब्ध गराउने निर्णय भएको समेत प्रवक्ता पोर्तेलले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर