Aamsanchar

सुनको भाउ ह्वात्तै घट्याे

Author Image
मङ्गलवार, मंसिर ७, २०७८

 

     

काठमाण्डाै – सुनको भाउ आज १६ सय रुपैयाँले घटेको छ । हिजाे तोलामा ९३ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज १६ सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपाली बजारमा पनि भाउ घटेको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यकाअनुसार अमेरिकाको केन्द्रीय बैंकको अध्यक्षमा जेरोम पावेल दोहोरिने सम्भावना भएसँगै सुनको भाउमा प्रभाव परेको हो ।

कोरोना महामारीका कारण अमेरिकाको अर्थतन्त्रमा परेको समस्यालाई समाधान गर्ने पावेलको रणनीतिको असर सुनमा परेको हुन सक्ने उहाँले बताउनुभयो । आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर