Aamsanchar

उदयपुरका कार्की छैटौं पटक उत्कृष्ट करदाता घोषित

Author Image
बुधवार, मंसिर ८, २०७८


उदयपुर । उदयपुर कटारीका एक व्यवसायी निरन्तर छैटौं पटक उत्कृष्ट करदाता घोषित भएका छन् । आन्तरिक राजस्वकार्यालय लहानबाट सबै भन्दा बढी कर बुझाएर नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालि कटारीका संचालक प्रयास कार्की उत्कृष्ठ करदाता घोषित भएका हुन ।
कार्कीको कम्पनीले आर्थिक बर्ष ०७६/०७७मा ४६ लाख ४ हजार ४ सय कर तिरेर सबै भन्दा बढी कर तिर्ने व्यवसायीको पहिचान बनाएको करदाता सेवा कार्यालय गाईघाटले जानकारी दिएको छ ।

नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालिले २०७१/०७२ देखि निरन्तर सबै भन्दा बढि कर तिर्न सफल भएको जनाएको छ ।

सेवाकार्यालय गाईघाटले २०७७ माघ १२ गते पेश गरेको आयविवरणमा कार्कीद्धारा संचालित नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालिले ३९ करोड ९६ लाख १६ हजार तिन सय ८३ कारोबार गरेकोमा १ करोड ८४ लाख १७ हजार ६ सय एक कर योग्यआय गर्न सफल भएको कर दाता सेवा कार्यालयका सूचना अधिकारी रेक मगरले जानकारी दिए । जसमध्ये कार्कीले ४६ लाख आयकर तिरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 627

प्रतिक्रिया (०)

सम्बन्धित खबर