Aamsanchar

पक्राउ पर्नबाट जोगिन एक युवाले आफ्नै मृत्यु दर्ता गराएको खुलासा

Author Image
बुधवार, मंसिर ८, २०७८

     

इटहरी : पक्राउ पर्नबाट जोगिन सुनसरीका एक युवाले आफ्नै मृत्यु दर्ता गराएको खुलेको छ । तत्कालिन चाँदवेला १ तथा हालको इनरुवा ७ बस्ने रसुल मियाँको छोरा अजित मियाँले आफ्नै मृत्यु दर्ता गराएको खुलेको हो । २०६८ भदौ १७ गते हालको रामधुनी ५ का जैयस कुमार साहको घरमा अजितसहित तीनजना डकैती गर्न गएका थिए । दुईजना पक्राउ परेपनि अजितले भने मृत्यु दर्ता प्रमाणपत्र बनाएर आफूलाई अजितको भाइ अजिज बताउँदै आएका थिए ।

उनले ७४ साल पुस २७ गते मृत्यु दर्ता प्रमाणपत्र बनाएको पाइएको थियो । सुनसरी जिल्ला अदालतको ७५ साल असार ११ गतेको फैसलाबाट तीनैजनालाई जनही ६ वर्ष कैद तथा ९९ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो ।

अजित आफ्नो भाइ भएपनि फटाहा भएको र उसको मृत्यु भइसकेको भन्दै आफूलाई जोगाउँदै आएका थिए । पछि उनीसँगै डकैती गर्न गएका उनकै साथीले अजित नै हो भनी सनाखत गरिदिएपछि गत मंसिर ६ गते उनलाई उनकै गाउँबाट सुनसरी प्रहरीले पक्राउ गरेको हो ।

सुनसरी प्रहरीले साढे तीन महिनामा ५६५ जना फरार प्रतिवादीहरु पक्राउ गरेको सुनसरी प्रहरी प्रमुख सञ्जय थापाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)