Aamsanchar

बिर्तामोड नगरपालिकामा २६० कुकुरको वन्ध्याकरण, १७ वटालाई औषधीको माध्यमबाट मारियो

Author Image
बुधवार, मंसिर ८, २०७८

बिर्तामोड । झापाको बिर्तामोडमा गत मंसिर ५ गते शुक्रवार देखि सुरु भएको सामुदायिक कुकुर वन्ध्याकरण शिविर सम्पन्न भएको छ ।

हिमालयन एनिमल रेस्क्यु ट्रष्टको प्राविधिक सहयोगमा बिर्तामोड नगरपालिका अन्तर्गत पशुपंक्षि तथा मत्स्य विकास शाखाले नगरपालिकाको कार्यालय परिसरमा आयोजना गरेको वन्ध्याकरण शिविर बुधबार सम्पन्न भएको हो ।

सिविरमा भाले कुकुर ९० र पोथी कुकुर १५२ वटा गरि २६० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरीएको जनाइएको छ । सिविरमा सडकबाट उठाएर ल्याइएका १७ वटा सामुदायिक कुकुरलाई भने मारिएको छ । क्यान्सर लगायतका रोगबाट पीडित रहेका उनीहरुलाई ति कुकुरलाई औषधीको माध्यमबाट मुक्ति दिएको हिमालयन एनिमल रेस्क्यु ट्रष्टका सञ्चालक खगेश्वर भट्टराईले जानकारी दिनु भयो । उहाँले उनीहरुको रोग अन्य कुकुरहरुमा समेत सर्ने भएकाले उनीहरुलाई मुक्ति दिन बाध्य भएको बताउनु भयो ।

सिविरमा बन्ध्याकरण गरीएका सबै कुकुरहरुलाई रेविज विरुद्वको खोप समेत लगाइएको छ । बिर्तामोड नगरपालिकाले सडक सामुदायिक कुकुरको संख्या नबढोस् भनेर विगत ४ वर्षदेखि वन्ध्याकरण शिविरको आयोजना गर्दै आएको छ । सिविरमा हिमालयन एनिमल रेस्क्यु ट्रष्टका १२ जनाको टोलीले काम गरेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)