Aamsanchar

झापा कांग्रेसको मत परिणाम :राम कट्टेल समूहको अग्रता कायमै

Author Image
शनिवार, मंसिर ११, २०७८

     

 

झापा-नेपाली कांग्रेसको झापाको निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार राम कट्टेल समूहको अग्रता कायमै रहेको छ । कूल खसेको ३३ सय ११ मत मध्ये अहिले सम्म गणना भएको १४ सय २५ मत बाट कट्टेललाई ८ सय १२ मत प्राप्त भएको छ ।

उनका प्रतिद्वन्दी देउमान थेबेले ५ सय ९८ मत पाएका छन । कट्टेल २ सय १४ मतले अग्रता कायम गरेका छन् ।
हाल सम्मको मत गणनामा सबै भन्दा बढी ८ सय ४८ सचिबका उम्मेद्वार बिश्वदीप लिङदेनले प्राप्त गरेका छन । सबै भन्दा कम मत सचिबका उम्मेद्वार कृष्ण हुमागाइले ५ सय ८ मत ल्याएका छन ।

अहिले सम्म क्षेत्र न.१ र ५ को मत गणना सकिएको र अब बाकी रहेका क्षेत्र न.२,३ र ४ को गणना शुरू गरिएको छ । अब १९ सय ८५ मत गन्न बाकी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर