Aamsanchar

काँग्रेस झापा मतगणना : थेबेले मतान्तर घटाए

Author Image
शनिवार, मंसिर ११, २०७८

 

     

झापा- झापाको क्षेत्र नं. २ र ४ मा मतगणना जारी रहँदा सभापतिका उम्मेद्वार देउमान थेबेले मतान्तर अझ घटाएका छन् । अब सभापतिका उम्मेद्वार राम कट्टेलभन्दा १६२ मतले मात्र थेबे पछाडि छन् ।

ताजा परिणाम अनुसार सभापतिका उम्मेद्वार थेबेले प्राप्त गरेको मत ७७४ पुगेको छ भने कट्टेलको मत ९३६ रहेको छ ।

अहिलेसम्म १७२६ मत गणना भइसकेको छ । थेबेले मतान्तर यही रफ्तारमा घटाउँदै लगे कट्टेलको आमने सामने हुने थेबे पक्षधरहरुको आशा छ ।

उपसभापतिमा कट्टेल प्यानलका उम्मेद्वार प्रेम सम्बाहाम्फेले ८९२ र थेबे प्यानलका उम्मेद्वार केशवराज पाण्डेले ८५६ मत प्राप्त गरेका छन् ।

उपसभापतिका अन्य उम्मेद्वार शमशेर गिरीले ६८८ र शेरबहादुर भट्टराईले ७२८ मत पाएका छन् ।

सचिव पदमा विश्वदीप लिङ्देन र टोमलाल राजबंशीले अग्रता जारी राखेका छन् । लिङ्देनले ९५४ र राजबंशीले ८१६ मत पाएका छन् ।

सचिवका उम्मेद्वार नविन बिमलीले ७७७ र कृष्ण हुमागाईले ६७८ मत पाएका छन् । त्यसैगरी, सहसचिवमा पदम लिम्बु र उमाराम प्रसाईले अग्रता लिएका छन् । लिम्बुले ९२२ र प्रसाईले ६२६ मत पाएका छन् ।

अरु उम्मेद्वार कमलप्रसाद भण्डारीले ७४९ र कालेन्द्र प्रसाद राजबंशीले ७२४ मत पाएका छन् । पदाधिकारीमा थेबे पक्षधरहरुले मतान्तर घटाउँदै लगेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 481

प्रतिक्रिया (०)

सम्बन्धित खबर