Aamsanchar

कांग्रेस मोरङको सभापतिमा पुनः दोस्रो चरणको निर्वाचन हुने

Author Image
सोमवार, मंसिर १३, २०७८

 

     

विराटनगर – नेपाली कांग्रेस मोरङको सभापतिमा पुनः दोस्रो चरणको निर्वाचन हुने भएको छ। आइतबार भएको निर्वाचनमा तीन जना उम्मेदवार कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि पुनः निर्वाचन हुने भएको हो।

१४ औं महाधिवेशनअन्तर्गत मोरङको अधिवेशनमा आइतबार तीन हजार ४१४ मत खसेको थियो। जसमा सभापतिका उम्मेदवार डिगबहादुर लिम्बूले एक हजार ५४४, दीलिप गच्छादारले एक हजार १६६ र यदुकुमार विष्टले ५६३ मत प्राप्त गरेका थिए। यीमध्ये लिम्बू शेखर कोइराला निकट‚ गच्छदार सभापति शेरबहादुर देउवा र विष्ट कृष्ण सिटौला निकट हुन्।

कांग्रेस मोरङका सचिव मोदराज घिमिरेका अनुसार आज नभए भोलि निर्वाचन हुनेछ। यसअघि भएको निर्वाचन स्थान साँघुरो भएकाले नयाँ निर्वाचन स्थलमा पुनः निर्वाचन हुने जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)