Aamsanchar

एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध

Author Image
सोमवार, मंसिर १३, २०७८

काठमाण्डाै – नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा निर्विरोध चयन भएको छ। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको मात्रै उम्मेदवारी परेको हो । एमालेको दशाैँ महाधिवेशनको केन्द्रीय निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी दर्ताको समयसीमाभित्र उनीहरूको मात्रै उम्मेदवारी परेको हो।

कार्यालयले औपचारिक रूपमा निर्वाचित भएको घोषणा भने गरेको छैन। अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा भने चुनाव हुने  भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ भने  उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्य तथा टङ्क कार्कीको पनि उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)