Aamsanchar

भीम रावल भोट माग्न व्यस्त

Author Image
सोमवार, मंसिर १३, २०७८

 

     

चितवन –नेकपा (एमाले) को जारी दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावल भोट माग्न व्यस्त छन्। उम्मेदवारी दर्ता गराएदेखि रावल मतदाताका बीचमा डुलिरहेका छन्। अध्यक्षका अर्का प्रत्यासी  एवं निवर्तमान अध्यक्ष केपी ओली भने उम्मेदवारी दर्ता गराएपछि महाधिवेशन प्रतिनिधिमाझ देखिएका छैनन्। 

भोट माग्ने क्रममा केही मतदाताले रावललाई उम्मेदवारी फिर्ता लिइदिन पनि आग्रह गरेका छन्। चुनाव हारजितले पार्टीलाई कमजोर बनाउने भन्दै उनीहरुले रावललाई उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरेका हुन्। 

महाधिवेशन स्थलमा रावलले भोट मागेपछि नेतृ भगवती चौधरीले हात जोड्दै भनिन्, ‘कमरेड समय अझै बाँकी छ, उम्मेदवारी फिर्ता लिइदिनुस्, सर्वसम्मत गरौं।’

रावल भने आफ्नो उम्मेदवारी फिर्ता नहुने अडानमा छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर