Aamsanchar

दमकबाट फेरि ७ जना जुवाडे पक्राउ

Author Image
मङ्गलवार, मंसिर १४, २०७८

दमक – दमकबाट फेरि ७ जना जुवाडे पक्राउ परेका छन् । हिजो साँझ ४.३० बजे दमक ६ फागुनन्द चोक बस्ने पवन लिम्वुले संचालन गरेको परदेशी होटलको कोठाभित्र जुवाजन्य तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो । त्यसक्रममा तास खेलिरहेको अवस्थामा नगद १ लाख ५७ हजार , तीन बुङ ताससहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा होटल संचालक पाँचथर मिक्लाजुङ गाउँपालिका ३ घर भई हाल दमक नगरपालिका ६ बस्ने ५० वर्षिय पवन लिम्वु, दमक १ बस्ने ३५ वर्षिय भक्तीश्वर देवान,२ बस्ने ४५ वर्षिय प्रमोद लिम्वु , वडा नं.९ बस्ने ३५ वर्षिय रमेश महत्तो , पाँचथर फाल्गुनन्द गाउँपालिका ८ बस्ने ४२ वर्षिय बबिन सुब्बा आङदेम्वे, ईलाम चुलाचुली गापा १ बस्ने ४३ वर्षिय रुपचन्द्र राई र मोरङ पथरीशनिश्चरे १ बस्ने ४७ वर्षिय राजकुमार श्रेष्ठ रहेका छन् ।उनीहरुलाई ईप्रका दमकमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करिब एक महिनाभित्र दमकमा जुवाडे समातिएको यो चौथो पटक हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)