Aamsanchar

बिर्तामोड भित्रियो युवापुस्ता लक्षित बाईक, आज र भोली टेस्ट ड्राईभ

Author Image
बिहिवार, मंसिर १६, २०७८

बिर्तामोड । झापाको बजारमा नयाँ मोडलका बाईक चढनेहरुको संख्या दिन प्रतिदिन बढदै गएको अवस्थामा बिर्तामोडमा जोङसेन ब्रान्डका मोटरसाइकल र स्कुटी बिक्रीको तयारी थालिएको छ ।

बिर्तामोडका लागि आधिकारिक बिक्रेता सेवारो मोटर्सले बिक्री–वितरण सुरु गर्ने भएको छ । विर्तामोडको भद्रपुर रोड अन्नपूर्ण चोकमा शोरुम सञ्चालनमा ल्याउने तयारी गरिएको सेवारो मोटर्सका संचालक सुरेश आङवो लिम्बुले जानकारी दिए । आङवोका अनुसार आज र भोली फ्रि टेस्ट ड्राईभको सुविधापनि उपलब्ध गराईएको छ । टेस्ट ड्राईभमा सहभागी बनेर मोडरसाईकल स्केल बुकिङ गर्नेलाई २० हजार देखि ३० हजार सम्म छुट दिने योजना रहेको छ ।

बिर्तामोडमा आजबाट ‘टेष्ट ड्राइभ क्याम्पियन’ आयोजना गरिएको छ । यो क्याम्पियन भोलिसम्म रहने बताईएको छ ।

सञ्चालक आङवोले आरएक्स–३ र जेड–वान मोटरसाइकल तथा जेडटी ६ स्कुटर यहाँ भित्रिएको जानकारी दिए । नेपालका लागि आधिकारिक वितरक कम्पनी रिजोन मोटर्स बिजनेश प्रालिका म्यानेजिङ डाइरेक्टर खगेन्द्र बस्नेतले देशका विभिन्न भाग काठमाडौं र सुर्खेतमा सोरुम संचालनमा आई सकेको छ । पूर्वमा धरान, दमक र बिर्तामोडमा एक महिना भित्रमा शोरुम खुल्ने जानकारी दिए । आगामी दिनमा अन्य विभिन्न मोडल र पार्टस, इलेक्ट्रिक सेगमेन्ट समेत ल्याइने उनले जानकारी दिए । पहिलोपटक ७ वर्षसम्मको इन्जिन वारेन्टी प्रदान गरिने समेत उनले बताए ।

मोडरसाईकोको टिकाउ र विश्वसनियताको बारेमा आमसंचारले जिज्ञाषा राख्दा नेपालमा आयातकर्ता रिजोन मोटर्सका डाइरेक्टर बस्नेतले भने ‘विश्व बजारलाई कब्जा गर्दै अघि बढेको चाइनिज कम्पनीले हो’ ‘७ वर्षको इन्जिन वारेन्टी दिएको छ । सामान बिग्रिए सामान उपलब्ध गराउने वारेन्टी पनि दिन्छौं ।’ उनले हाल ३ वटा सेगमेन्टमा सवारी साधन भित्रयाएको र नयाँ वर्षसम्ममा १० वटासम्म सेगमेन्ट भित्रयाइने बताए ।

यी मोटरसाइकल र स्कुटरको मूल्य क्रमशः ६ लाख १९ हजार, २ लाख ७९ हजार र २ लाख ३९ हजार रुपैयाँ तोकिएको छ । जोङसेन आरएक्स–३ एड्भेन्चर मोटरसाइकल हो । यसमा २४९.६ सीसीको सिङ्गल सिलिन्डर फोर भल्व वाटरकुल्ड इञ्जिन छ, जसले १८.५ किलोवाट पावर र २२.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड गियरबक्स जडान गरिएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 514

प्रतिक्रिया (०)

सम्बन्धित खबर