Aamsanchar

पूर्वाञ्चल क्यान्सर अस्पतालबाट १७ हजारले लिए निःशुल्क सेवा, ६ सय २३ जनामा क्यान्सर पुष्टि, पाठेघरको क्यान्सर परिक्षण शिविर अरु ३ महिना चल्ने

Author Image
बिहिवार, मंसिर १६, २०७८

बिर्तामोड । झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालमा मात्र विगत ६ महिनामा ६२३ जना क्यान्सरका बिमारी थपिएका छन् । विर्तामोडको पूर्वाञ्चल क्यान्सर व्वस्थापनले विहीवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।

अस्पतालकी डाक्टर प्रियंका कटुवालका अनुसार झापामा क्यान्सरका बिमारी बढिरहेको र अझै धेरै परिक्षण नै नगरेकोले रोग लुकाएर हिडिरेको तथ्य रहेको बताएकी छन् । डाक्टर कटुवालका अनुसार अन्तराष्ट्रिय स्तरमा हरेक ६–६ महिनामा महिलाहरुले क्यान्सर परिक्षण गराउने गर्छन, परिक्षण गर्दा क्यान्सरको जिवाणु फेला परेको खण्डमा समयमै उपचार पाउने भएकाले ज्यान र धनको सुरक्षा हुने गरेको छ । नेपालमा स्वास्थ्य प्रति महिलाहरुले जति सचेत हुनुपर्ने हो त्यती भएका छैनन् । ग्रामिण भोगका महिलामा त झन छदै छैन भन्दा पनि हुन्छ, क्यान्सर हो या होईन भनेर यकिन नै नगरी क्लिनिकहरुमा उपचार गराउने चलन छ । त्यसरी जथाभावी उपचार गराउदा क्यान्सर बढदै गरेर अन्तिम स्टिेजमा पुगे पछि अस्पताल आउने गरेकाले उपचार जटिल संगै खर्चिलो हुन जान्छ, त्यतीमात्र होईन ज्यान नै जाने खतरा धेरै हुने गरेकोे छ । विशेषज्ञ डाक्टर संग आईनपुगी अन्यत्र अस्पतालबाट विपन्न उपचार कोषमार्फत सरकारी सहयोग पाएकाहरुको तथ्यांक सुनाउँदै डाक्टर कटुवालले कार्तिक मसान्त सम्ममा १७ हजार महिलाले स्थास्थ्य परिक्षण गर्दा पूर्वाञ्चल क्यान्सर अस्पतालमा ६२३ जना क्यान्सरका नयाँ बिमारी पुष्टि भएको र विरामीहरुले  उपचार लिएको बताईन ।

डाक्टर प्रियंका कटुवाल ।

पूर्वाञ्चल क्यान्सर अस्पतालमा बालबालिकामा हुने क्यान्सर रोग र रगतमा हुने क्यान्सर रोगको उपचार गर्न भर्खरै नयाँ विभाग गठन भएको र त्यसको नेतृत्व डा. रीतु लामिछानेले गर्ने अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।

पत्रकारहरु सामु नवागन्तुक डाक्टर लामिछानेले आफ्नो परिचय दिदै अब पूर्वाञ्चल क्यान्सर अस्पतालमा बालवालिकाको क्यान्सर रोगको उपचार सुरु भएको जानकारी दिएकी थिइन् ।
उनी फिलिपिन्सबाट बालरोगमा विशेषज्ञता (एमडी) गरेर भारतको प्रसिद्ध क्यान्सर हस्पिटल टाटा मेमोरियलमा २ वर्ष बालबालिकामा हुने क्यान्सर रोगको उपचार गरेर विर्तामोडमा आएकी हुन् ।
बालवालिकामा ब्लड क्यान्सर बढी मात्रामा देखा पर्ने गरेको र पूर्वाञ्चलमा त्यसको कम्प्लिट उपचार हुने डाक्टर लामिछानेले बताइन् ।

डाक्टर रीतु लामिछाने ।

पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडले नेपालभरिका महिलाका लागि आगामी ३ महिनासम्म पाठेघरको क्यान्सर जाँच निःशुल्क रुपमा गरिदिने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले उक्त घोषणा गरेका छन् ।

बिगतमा पनि ३ महिनासम्म अस्पतालले महिलाको पाठेघरको क्यान्सर पत्ता लगाउन निःशुल्क जाँच शिविर सञ्चालन गरेको थियो । शिविरबाट ६०० भन्दा बढी नयाँ क्यान्सर रोगीको पहिचान भएको उनले जानकारी दिए । सर्वसाधारणको माग अनुसार नै निःशुल्क जाँच शिविरको अवसर ३ महिना बढाइएको उनले बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 353

प्रतिक्रिया (०)

सम्बन्धित खबर