Aamsanchar

अध्यक्ष कप क्रिकेट प्रतियोगितामा बाह्रदशी विजयी

Author Image
बिहिवार, मंसिर १६, २०७८


मदरगाछ । झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा बाह्रदसी गाउँपालिकाले आयोजक सगरमाथा युथ क्लबलाई पराजित गरेको छ।

झापा गाउँपालिका-७ को जनकल्याण माविको मैदानमा आज बिहिबार सम्पन्न खेलमा बाह्रदसीले आयोजकलाई निर्धारित लक्ष्यमा पराजित गरेको हो।टस हारेर ब्याटिङ गरेको आयोजकले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै ११४ रन बनाएको थियो।

११५ रनको विजयी लक्ष्य पछ्याएको बाह्रदसीले सहजता पूर्वक विजयी लक्ष्य पछ्याएर ६ विकेटको क्षतीमा सहज जित हात पारेको थियो ।

आयोजकको तर्फबाट साजन खानले २६ बलमा ४८ रन र धर्मेन्द्र मण्डलले २२ बलमा १३ रन बनाए। जसमा बाह्रदशीको बलिंग तर्फ अल्मास आलमले २ विकेट, राजा शहनीले २ विकेट लिएका थिए।

त्यस्तै दोस्रो इनिंगमा बाह्रदशीको तर्फबाट सबै खेलाडीहरुले सानो(सानो अंक जोड्दै ११५ रनको लक्ष्यलाई सहजता पूर्वक पछ्याए।जस(अन्तर्गत बाह्रदशीको तर्फबाट व्याटिंगमा जाहिद आलमले १५ बलमा २९ रन, अल्मासले २२ बलमा १२ रन जोड्न सफल भएका थिए।आयोजकको बलिंग तर्फबाट राकेश मण्डलले ४ ओभरमा ३ विकेट तथा धर्मेन्द्र मण्डलले ४ ओभरमा १ विकेट लिएका थिए ।

खेलमा म्यान अफ द म्याच बाह्रदसीका अल्मास आलम घोषित भए। प्रतियोगितामा जिल्लाका १२ टोलीको सहभागीता

प्रतियोगितामा जिल्लाका १२ टीमले सहभागीता जनाएका छन् ।समूह “क” अन्तरगत झापा गाउँपालिका,कचनकवल गाउँपालिका,कनकाई नगरपालिका,हल्दिबारी गाउँपालिका,बाह्रदशी गाउँपालिका र सगरमाथा युथ क्लब रहेका छन।त्यस्तै समूह “ख” अन्तरगत शिवसताक्षी नगरपालिका,बिर्तामोड नगरपालिका,भद्रपुर नगरपालिका,दमक नगरपालिका,मेचीनगर नगरपालिका र अर्जुनधारा नगरपालिका रहेका छन् ।

झापा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत सगरमाथा युथ क्लब तथा वडा नं(७ को संयुक्त आयोजनामा मंसिर १३ गते देखि सुरु भएको प्रतियोगिता आउँदो मंसिर २३ गते सम्पन्न हुने क्लबका अध्यक्ष रोहित कर्णले जानकारी दिए।

प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार नगद र दोस्रो पुरस्कार २५ हजार नगद सहित ट्रफी रहेको छ।त्यस्तै प्रतियोगितामा म्यान अफदी म्याच,प्लेअर अफदी टुर्नामेन्ट,वेस्ट वलर,वेस्ट व्याट्समेन्ट,वेस्ट किप्पर,वेस्ट फिल्डर,फियर प्ले अर्वाडले समेत पुरस्कार पाउने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 293

प्रतिक्रिया (०)

सम्बन्धित खबर