Aamsanchar

देउवाद्वारा कांग्रेस प्रदेश-१ अधिवेशनको उद्घाटन

Author Image
शुक्रवार, मंसिर १७, २०७८

   

काठमाडौं –प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति समेत रहनु भएका शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट कांग्रेस प्रदेश–१ अधिवेशनको उद्घाटन गर्नु भएको छ । सबै प्रदेशको एकैदिन उद्घाटन भएकाले देउवाले भर्चुअल माध्यमबाट छोटो सम्बोधन गरी अधिवेशन उद्घाटन गर्नु भएको हो । सभापति देउवाले नै भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भनेपछि हिजो अधिवेशन उद्घाटन स्थगित गरिएको थियो ।

उद्घाटनसत्रलाई सम्बोधन गर्दे सभापति देउवाले कांग्रेसले गरेका ठूलठूला संघर्षको परिणामस्वरूप आएको संघीयताअनुरूपको पहिलो प्रदेश अधिवेशन उद्घाटन गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

त्यस्तै सभापति देउवाले केही महिनामै स्थानीय तह निर्वाचनमा जानुपर्ने भएकाले संयमित र अनुशासित भएर आन्तरिक लोकतन्त्रको अभ्यासमा सहभागी हुन आग्रह गर्नुभयो । देउवाले प्रदेश–१ अधिवेशनको पूर्ण सफलताको कामना समेत गर्नु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर