Aamsanchar

बेलायतमा‘ओमिक्रोन’को प्रवेश ४२ जनामा पुष्टि

Author Image
शनिवार, मंसिर १८, २०७८

बेलायतमा हालसम्म ४२ जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमणको पुष्टि भइसकेको छ ।

यस्तै पछिल्लो दुई दिनयता दैनिक संक्रमितको संख्या ५० हजार बढी रहेको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयरले जनाएको छ । उसका अनुसार पछिल्लो २४ घन्टामा ५० हजार ५८४ नयाँ संक्रमित फेला परेका छन् ।

अघिल्लो दिन संक्रमित संख्या करिब ५४ हजार रहेको थियो । यससँगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड ३७ लाख ९ हजार ६४७ पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर