Aamsanchar

मेची बहुउद्देश्य सहकारीले सुरुंगामा सुरु गर्यो सेवाकेन्द्र

Author Image
शनिवार, मंसिर १८, २०७८

कनकाई ।  मेची बहुउद्देश्य सहकारी संस्थाले सेवाकेन्द्र बिस्तार गरेको छ । दमकमा मुख्य कार्यालय रहेको मेचीले शुक्रबाट कनकाई नगरपालिकाको सुरुंगा बजारमा आफ्नो १० औं सेवाकेन्द्र उद्घाटन गरेको हो ।

सेवा केन्द्रको उदघाटन कनकाई नगरपालिका वडा नम्बर ३ का वड़ाअधक्ष्य कार्यक्रमका प्रमुख अतिथि रुद्रप्रसाद चिमरियाले गरेका थिए । चिमरियाले ‘नयाँ सहकारीले पाइला टेकेकोमा शुभकामना एवं बधाई छ, सहकारीहरूको भीडमा नयाँ सेवा सुविधा दिने काम गरोस’ भन्ने सबैको चाहना रहेको बताए।

सेवाकेन्द्र उदघाटनकै दिन १५६ जना शेयर सदस्यलाई आवद्ध गराउन सकेको  संस्थाका अधक्ष्य नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

कार्यक्रममा संस्थाका शिक्षा तथा तालीम साखाका कर्मचारीबाट सदस्य शिक्षा तालीम पनी सम्पन्न गरिएको सुरुंगा सेवाकेन्द्रका कार्यालय प्रमुख चिरञ्जिीवी संग्रौला ले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
बुधवार, चैत १४, २०८०