Aamsanchar

काेराेना विरुद्धको बुस्टर डोज खोप दिने सरकारको तयारी

Author Image
आइतवार, मंसिर १९, २०७८

 

     

काठमाडौं – सरकारले कोभिड–१९ विरुद्धको खोप लगाएको तीन महिना नाघेका नागरिकलाई बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले खोप लगाइसकेका सबैलाई बुस्टर डोज दिने निर्णय गरेको हो । 

आज बसेको संसद्को शिक्षा तथा स्वास्थ्य समिति बैठकमा खतिवडाले बुस्टर डोज दिन आवश्यक पर्ने थप एक करोड डोज खोप ल्याउन प्रक्रिया अघि बढाइसकिएको जानकारी दिए । समितिमा परिवार कल्याण महाशाखा प्रमुख डा. विवेकलाल कर्णले स्वस्थ व्यक्तिमा दोस्रो डोज खोप लगाएको ३ देखि ६ महिनाभित्र बुस्टर डोज दिन मिल्ने बताए । नेपालमा दीर्घरोगीलाई पहिलो प्राथमिकतामा र त्यसपछि सबैलाई बुस्टर डोज खोप दिनेगरी तयारी अघि बढाइएको पनि डा. कर्णले बताए ।   

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 283

प्रतिक्रिया (०)

सम्बन्धित खबर