Aamsanchar

चोरी गरेको मोटरसाईकलसहित ३ जना झापाबाट पक्राउ

Author Image
सोमवार, मंसिर २०, २०७८

                                                                                                                                                            झापा – चोरी गरेको मोटरसाईकलसहित तीनजना पक्राउ परेका छन् । झापा जिल्लाको विभिन्न स्थानबाट विभिन्न मिति र समयमा विभिन्न कम्पनीका मोटरसाईकल हराएको तथा चोरी भएको भनी जनगुनासो बढ्न थालेपछि खोजतलासका लागि ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले ईलाम सूर्योदय नगरपालिका वडा नं. ९ बस्ने २१ वर्षिय आशिष सुब्बा, वडा नं. ८ बस्ने २१ वर्षिय बिवेक घिमिरे र बिर्तामोड नगरपालिका वडा नं.३ बिर्ताबजार बस्ने २६ वर्षिय रंजित राजवंशीलाई चोरी गरेको मे ६ प २५०५ नं. को १५० सिसिको पल्सर मोटरसाईकल र मे ११ प ९७३५ नं. को १५० सिसिको मोटरसाईकलसहित पक्राउ गरेको हो । मंसीर १६ गते पक्राउ गरी झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक कानुनी कारवाहीको प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 360

प्रतिक्रिया (०)

सम्बन्धित खबर