Aamsanchar

१६ वर्षीया युवतीको हत्या आरोपमा ४ जना पक्राउ

Author Image
आइतवार, मंसिर २६, २०७८

काठमाडौं – अछाममा मृत फेला परेकी युवतीको हत्या आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो। मंगलसेन नगरपालिका–११ खिमडाकी १६ वर्षीया सृजना भण्डारी हिजो मृत फेला परेकी थिइन्।

मंगलसैन–रामारोशन सडक खण्डको खरतोला भन्ने ठाउँमा उनको शव भेटिएको थियो। उनी मंसिर २१ गतेदेखि बेपत्ता थिइन्। उनको शवको आजै जिल्ला अस्पतालमा पोस्टमार्टम गरिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आफन्तले युवतीको हत्या भएको भन्दै घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन्।

Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर