Aamsanchar

झापा : रतुवा खोलाको बगरबाट गाँजासहित १ जना पक्राउ

Author Image
शनिवार, पौष १०, २०७८

झापा- झापाको दमक नगरपालिका-१ स्थित रतुवा खोलाको बगरबाट गाँजा सहित १ जना पुरुष मानिस पक्राउ परेका छन । पक्राउ पर्नेमा इलाम माङसेवुङ गाउँपालिका-६ का ४६ बर्षिय बिर कुमार राई रहेका छन ।

अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी गस्ति टोलीले खोला बगरमा संकास्पद अवस्थामा हिडिरहेका राईलाई खानतलासी लिंदा निजले पछाडि बोकेको झोला र हातमा झुन्ड्याएको जेव्रा झोलामा ८ किलोग्राम १६० ग्राम अवैध लागूऔषध गाँजा बरामद गरिएको हो ।

गाँजा सहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय दकमबाट अनुसन्धान भईरहेको र  झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रकृया अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 402

प्रतिक्रिया (०)

सम्बन्धित खबर