Aamsanchar

यस बर्ष प्रदेश १ मा धान उत्पादनमा ३ प्रतिशतले कमी

Author Image
मङ्गलवार, पौष १३, २०७८

विराटनगर : अन्नको भण्डार मानिने प्रदेश १मा यस वर्ष धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस प्रदेश १मा धान उत्पादनमा करिब ३ प्रतिशतले कमी आएको हो  । सधै प्रयाप्त धान उत्पादन हुने पूर्वमा यस वर्ष बेमौसमी पानीसंगै आएको बाढीले गर्दा धान उत्पादनमा कमी आएको बताइएको छ ।

बाढीले धान भित्र्याउने बेला खेतमा धान बोट नै पुरिनुकोसाथै बालुवा थुप्रिएकाले धान उत्पादनमा तीन प्रतिशतले कमी आएको हो  ।

गत वर्ष प्रदेश १मा ३ लाख ३२ हजार ९सय १६ हेक्टर क्षेत्रफलमा धान लगाएकोमा १३  लाख ११हजार २सय ४५ मेट्रीकटन धान उत्पादन भएको थियो भने यस वर्ष ३ लाख ३६  हजार १सय २३ हेक्टर क्षेत्रफलमा धान लगाएकोमा १२ लाख ७३ हजार ३सय ५६ मेट्रिकटन धान उत्पादन भएको हो । जुन  ३७ हजर ८ सय ८९ मेट्रीकटन धान गत वर्षको तुलनामा कम उत्पादन भएको हो  ।

कृषि विकास निर्देशनालय प्रदेश १का कृर्षि अर्थ विज्ञ नेत्रमणि काफ्लेका अनुसार बेमौैसमी वर्षासंगै आएको बाढीले धान बाली अनुमानित करिब १५ प्रतिशत क्षती पुर्याएकाले धान उत्पादनमा कमी आएको बताए । उनले भने ‘१५ प्रतिशत लगाएको धानबालीमा क्षती भएपनि ३ प्रतिशत मात्र धान उत्पादनमा कमी आयो । बाढी नआएको .भए यस वर्ष उत्पादन बढ्ने थियो ।’

कृषि निर्देशनालय विराटनगरका अनुसार झापामा ४ लाख १४ हजार ७ सय५० मेट्रीकटन धान उत्पादन भएको छ । पूर्वी हिमाली जिल्ला सोलुखुम्बुमा ३५ सय ८५मेट्रीकटन धान उत्पादन भएको निर्देशनालयले जनाएको हो ।

यस्तै मोरङमा तीन लाख ३८ हजार १ सय १५ मेट्रीकटन, सुनसरीमा २ लाख ७ हजार ६सय २३, ताप्लेजुङमा २१ हजार ४ सय ९३,पाचँथरमा २१ हजार ६ सय २७, इलाममा ४८ हजार १ सय १७, धनकुटामा २३ हजार ३९ मेट्रीकटन धान उत्पादन भएको छ ।

यस्तै तेह्रथुममा २० हजार ८ सय ७८, संखुवासभामा ३६ हजार १३, भोजपुरमा ४६ हजार ६ सय ३३, उदयपुरमा ५३ हजार ५ सय २०, खोटाङमा २५ हजार १ सय ५१, ओखलढुङ्गामा १२ हजार ८सय १३  मेट्रीकटन धान उत्पादन भएको कृर्षि निर्देशनालय  विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 351

प्रतिक्रिया (०)

सम्बन्धित खबर