Aamsanchar

‘डिजिटल थलोमा मानवको प्रवेश’

Author Image
शनिवार, पौष १७, २०७८

बिदाइ भनौँ या स्वागतम, जाँदै छ सन् २०२१ अनि आयो सन् २०२२, आजबाट इस्वी संवत्को नयाँ वर्ष संसारभरि भब्यताका साथ सन् २०२२ को स्वागत गरिँदै छ । कोरोना त्रास वाट उम्कन र सामान्य अवस्थामा आउन सन् २०२१ ले निकै कसरत गर्‍यो , आशा छ २०२२ ले कोरोनामुक्त दिनहरू सँघार मा लिएर आउनेछ

विश्व अझै पनि भाइरसका विभिन्न संस्करणहरूको प्रभावमा छ, कतिपय देशहरू अझै खुलेका छैनन्, कतिपय त खुलेर पनि बन्द भए अनि कतिपय देशहरू सुधारोन्मुख छन् । सेनाहरू भन्दा सेता कोटहरूले , हतियार गृह भन्दा अस्पतालले देशवासीको जीवन सुरक्षा हुन्छ भन्ने तथ्य पछिल्ला वर्षहरूले प्रमाणित गरेका छन् । कोरोना पछिका वर्षहरूले विश्वलाई डिजिटल थलोहरू तर्फ एकोहोर्‍याएको छ, अब मानवीय अँगालोहरू च्याट बोर्डका इमोजीहरूले प्रतिस्थापन गरेको छ । भींडहरु अब डिजिटल थलोमा बढ्न थालेको छ अनि डिजिटल थलोमा मानवको प्रवेश यस वर्ष जति अन्य कुनै वर्षहरुमा भएको थिएन ।

वर्ष २०२२ सँगका अन्य आशाहरूमा सामान्य जीवनशैली एकातर्फ छ भने यस वर्षको विश्वकप फुटबलको रौनक पनि अर्कोतर्फ छ । कतारमा हुने विश्वकप फुटबल २०२२ को पनि वर्ष २०२२ ले लिएर आउनेछ ।

जिन्दगीलाई अनुभव र यादहरूको डोको रूपमा लिन सकिन्छ, हरेक वर्ष एउटा नयाँ अनुभव सँगालिँदै पुरानो वर्ष बित्छ भनेँ नयाँ वर्ष आउँदछ । हुन त हामी नेपालीहरूको क्यालेन्डर देखि चाडबाड अनि कार्यालयगत कुराहरू धेरैजसो विक्रमसंबतमा आधारित भएकाले यो ईस्वीसंवतलाई आगन्तुक र पराई संवत्का रूपमा लिने पनि गरिन्छ तर विदेश बस्नेहरू अनि अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गर्ने लगायत अन्तर्राष्ट्रिय संवतहरु ईस्वीसंवतमै संसारभरि हुनेभएकोले यो संवत्को पनि भिन्नै प्रतिष्ठा र उपयोगिता छ । भनिन्छ नि, शुभ कार्य र शुभकामना दिन ढिलाइ गर्न हुँदैन भनेर तसर्थ छिटो छिटो गरेर हाम्रो पात्रो पनि आफ्ना प्रयोगकर्ताहरूलाई यस सन् २०२२ सालको हार्दिक मगंलमय शुभकामना व्यक्त गर्न चाहन्छ । विसं भने इस्वी संवत् भन्दा ५७ वर्षले अगाडी छ र जनावरी फेवरुवरि जस्ता १२ महिनाहरूले वर्ष दिनको घोत गर्ने इस्वी संवत् हो भने विक्रम संवत्मा हाम्रा वैशाख, ज्येष्ठ जस्ता १२ महिनाहरू हुन्छन् भन्ने त हामीलाई थाहै छ ।

हामी मध्य धेरैलाई फूर्सतिलो बनेर केहीखेर सोचाइमा अलमलिएर गएको वर्षको समीक्षा गर्न मन लागेको हुनपर्दछ, केही बेर सोचौँ न कस्तो रह्यो त सन् २०२१ हाम्रो लागी ? के कस्ता उतारचढावहरू जीवनमा आए ? कसरी सामना गरियो ? के के कुराहरू लिएर अनि कस्ता कस्ता कुराहरू दिएर गयो त यो गएको वर्ष ? अनि अब आउने वर्षमा के कस्ता योजनाहरू, प्रक्रियाहरू, धारणाहरू तपाईँले अवलम्बन गर्ने चाह राख्नुभएको छ ?

हरेक नयाँ बर्सहरूमा हामी केही सोचाई या परिवर्तन गर्ने चाह राख्दछौ तर ती धेरै जसो चाहहरू अनि बाचाहरू त्यतिकै तुहिएर जाने पनि गर्दछन्, यस वर्षको सकारात्मक सोच अनि प्रगतिका लावालस्करहरू तपाईँको पाइला अगाडी रहिरहुन्, फर्केर हेर्नुनपरोस अनि ताकेका चिताएका कुराहरूमै निशाना लागोस् ।

यो वर्षभरिको हतारो सँगै, बिस्मात र आश्चर्यसँगै, मिलन र बिछोडसँगै अनि सम्भावनाका संवाहकहरूसित कतै यहाँले पालैपिच्छे मुस्कुराउन त बिर्सनुभएको छैन रु एक फेर सोचौँ है, जीवनको मूलभूत उद्देश्य र हरेक दिनको एउटा मात्र निश्चय भनेको चाहिँ हाम्रो मुहारमा एउटा मिठो मुस्कान हो ।यस वर्षमा हाम्रा हाँसो अनि मुस्कानहरू उधारोमा नजाउन्, हरेक अवसरहरूलाई उत्साहका साथ मनाउन पाईयोस अनि दुख्ख नै लेखेको छ भने पनि सामना गर्ने साहस होस् । बर्सहरू सँगै हामी पनि परिवर्तन भई रहेका छौ, जीवनका आयामहरू पनि परिवर्तनशील छन्, सन् २०२२ ले यी परिवर्तनका आयामहरूलाई सकारात्मक गोरेटो तर्फ लग्नेछ, हैन त रु कुनै लत या बानी छोड्न चाहनुहुन्छ भने अटल आत्मविश्वास र दृढ सकंल्प होस्, युवा पुस्ताका साथीहरू हुनुहुन्छ र कसैलाई आफ्नो मायाको उजागर गर्न चाहनुहुन्छ र सकिरहनुभएको छैन भनेँ यो वर्षले त्यो किस्सालाई पनि बल दिएर अभिब्यक्त गर्ने सामर्थ्य दियोस् है , कि कसो ?

पुराना दिनमा पोष्कार्डहरु साटासाट गर्दा लेखेर नयाँ वर्षका शुभकामनाहरू साटासाट गर्ने चलन अब त नेपालमा इन्टरनेटमा म्यासेज र च्याटले प्रतिस्थापन गरिसकेको छ । बर्सैपिच्छे प्रविधि अनि पहुँचमा नेपालले फड्को मार्दे छ, अबका वर्षमा पुराना अनि नयाँ दुवै चलनको निरन्तरता होस् । सातै प्रदेशका हिमालका हिउँ, पहाडका चुचुरा अनि तराईका हरिया फाँटहरूमा नेपालीपनाको महत्त्व झल्किरहोस् । २०२२ सालमा, सपनाहरू साँच्न पाईयोस अनि तिनलाई पूरा गर्न अगाडी बढ्ने अवसरहरू पाइयोस्, पसिनाको मूल्य पाइयोस् अनि अटल मुस्कानले नेपाली अनुहारहरू शोभायमान बनाई रहोस् है ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 282

प्रतिक्रिया (०)

सम्बन्धित खबर