Aamsanchar

केवलकारको योजनासहित पूर्वमा खुल्यो १ अर्ब लगानीमा हेप्पी ड्रिम्स चेप्टी

Author Image
शनिवार, पौष १७, २०७८

बिर्तामोड । झापाको कनकाईमा निजी क्षेत्रबाट संचालन रहेको पर्यटकिय क्षेत्र हेप्पी ल्याण्ड फनपार्कको सफलता पछि छिमेकी जिल्ला इलामको माईनगरपालिकामा अर्को ठुलो पर्यटककिय स्थल निमार्णकार्यले तिब्रता पाएको छ ।

माई नगरपालिका वडा नम्बर २ स्थित चेप्टीमा दुईसय रोपनी क्षेत्रफलमा हेप्पी ड्रिम्स चेप्टी (पार्क) निर्माणको ४० प्रतिशत काम सम्पन्न भएको छ । विश्वमा चर्चामा रहेको मिराकल पार्कलाई पछि पार्ने योजनाका साथ काम सुरु भइरहेको पार्कका संचालक दिनेश शिवाकोटीले बताएका छन् ।

माई खेलाको किनार र चुरे पहाडको खोजलाई पर्यटकिय स्थलमा परिणत गरिएको छ । गत एक बर्ष देखि निमार्ण सुरु भएको पार्कमा हाल सम्ममा करिव १ सय ५० भन्दा धेरै प्रकारका हेर्न र प्रयोग गर्न मिल्ने खालका योजनाहरु तयार भईसकेको छ । आगामी चैत्र महिना भित्रमा ८० प्रतिशत निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य राखिएको संचालक शिवाकोटीले बताए ।

झापामा वृहत योजना सहित निजी क्षेत्रको लगानीमा पर्यटन व्यवसायमा लाग्ने पहिलो पर्यटन पेशाका गुरुका रुपमा परिचित शिवाकोटीले चेप्टीमा गरेको लगानीले, गरे के हुदैन र असम्भव भने केही छैन भन्ने प्रमाण पनि पेश गरेको छ ।

हेप्पी ड्रिम्स चेप्टीमा पानी जहाज, जीपलाइन, डुङ्गा सयर, हेलिकप्टर, विभिन्न प्रकारका पिंङ, सेल्फी डाँडा, घोडचडी, डेटिङ स्थल, नमुना हिमाल लगायत दिन भरीनै हेर्दा र घुम्दा नसकिने गरिको फरफर संरचनाहरु बनाईएको छ । प्रदुषण रहित वातावरण र माईखालाको बतास, जंगल, खोल्साको चिसो ओसले गर्मी महिनामा त्याहाँ पुग्नेको मनै प्रफुलित बनाउने ठाउँ रहेको छ ।

केवलकार बाहेक एक सय करोडको लगानीमा सुरु गरिएको पार्क पूर्ण निर्माण सम्पन्न हुन अझै एक बर्ष लाग्ने देखिएको छ । अहिलेकै अवस्थामा पर्यटकहरुलाई त्यहाँ पुगेर रमाउन भने पर्याप्त वातवरण तयार भईसकेको छ ।

खान र बस्नको लागि रिसोर्टको निर्माण कार्य भईरहेको छ । यतीवेला प्रयाप्त प्रचार नहुदै दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटकहरु हेप्पी ड्रिम्स चेप्टी पुग्न थालेका छन् ।
मिराकल पार्कलाई विस्र्राउने पार्क कसरी सम्भव हुन्छ भन्ने आमसंचारको प्रश्नमा संचालक शिवाकोटी भन्छन् । ‘मिराकल पार्क भनेको मरुभूमीमा रोएिका काँचो र प्लास्टिकका फूलहरु मात्र हो, हामि जंगलका पाखाहरुलाई फूलैफूलले रंगाउने छौं । हजारौं फूलका विरुवाहरु रोपिसकिएको छ । धेरैकुरा प्रकिृतिले दिएको छ । मानव निर्मित सजावटको कामलाई तिब्र रुपले अघि बढाएका छौं । भौगोलिक बनावट, वातावरण र लगानीका कारणले मिराकल पार्क भन्दा राम्रो पर्क बनाउने संकल्प लिएको छु । मेरो जीवनको लक्ष्य भनेको यस पार्कलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने हो । सामान्य योजनाबाट पैसा कमाउनको लागि मात्र यो काम गरेको हुईन, पैसा मात्र हेर्ने थिए भने सुघम क्षेत्रमै लगानी गर्ने थिए, सुघममा गरेको लगानीले मेरो कामलाई संसारमा चिनाउन मुस्किल हुने भएकाले प्रकृतिले दिएको उपहारलाई सदुपयोग गरेर आफ्नो सपना पुरा गर्ने लक्ष्य लिएर काम सुरुगरेको छु ।’

हेप्पी ड्रिम्स चेप्टीको ताजा योजनाहरु 
हेप्पी ड्रिम्स चेप्टीलाई धार्मिक पर्यटनको हिसाबले पनि अघि बढाईएको छ । कनकाई नदीमा सुविधायुक्त स्नान स्थल बन्ने भएको छ । जसले मुख्य गरेर धार्मिक पर्यटकहरुलाई हेप्पी ड्रिम्स चेप्टी जानकोलागि प्रोत्साहित गर्ने छ । सो क्षेत्रमा कसैले मन्दिर बनाउने भए जग्गा उपलब्ध गराउने योजना रहेको छ । त्यसैगरी दोमुखाबाट हात्ति, घोडा, उँट सवार गरेर जाने वातावरण बनाउने, ३४ मिटर उचाई र ९सय मिटर लम्बाईको माई ग्रेटवाल,स्काई वृज बिर्तामोड–दानबारी र शहिद सहादत स्थल सुखानीबाट चेप्टी गाँउ हुँदै यातायात सहज रुपमा पुग्ने बाटो निर्माण, हाल दानाबारीबाट भने बाटो राम्रो भईसकेको छ । चेप्टी गाँउको बाटो मोटरसाईकल यात्राको लागि अत्यन्तै छोटो र रमाईलो रहने छ । आउदो नेपाली नयाँ बर्षको दिन एकै दिन १ लाख पर्यटक चेप्टी पुर्याउने योजना रहेको बताईएको छ ।

हेप्पी ड्रिम्स चेप्टीको भावी ठुलो योजना
हेप्पी ड्रिम्स चेप्टीले सफलता प्राप्त गरेमा दोमुखाबाट केवलकार चलाउने, माई खोलामा पानीको सतह राम्रो भए स्टिमर, मोटर वोट संचालन गर्ने रहेको छ ।

निर्माणाधिन पानी जहाज ।

हेप्पी ड्रिम्स चेप्टी योजनाले स्थानियलाई के लाभ भयो त ?
हेप्पी ड्रिम्स चेप्टी प्रोजेक्ट सुरु भएपछि स्थानियहरु निकै हर्षित बनेका छ । बाटो घाटोको राम्रो व्यवस्था नभएको चेप्टीमा राम्रो बाटो बनेको छ, अझै बन्ने क्रम रहेको छ । एक बर्ष अगाडी ५० हजार रोपनीमा पनि नविक्ने जमिन अहिले १० लाख रोपनी पुगेको छ । स्थानियले प्रत्यक्ष रोजगारी पाएका छन् । सुरुवातीे चरणमा दैनिक ५ सय जनाले रोजगारी पाएका थिए अहिले नियमित दैनिक  ५ सय भन्दा बढीले रोजगारी पाएका छन् । योजना पूर्णरुपमा संचालनमा आईसक्दा हजारौंले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाउने देखिएको छ । अहिले आसपासमा स्थानियहरुले व्यवसाय गर्न सुरु गरेका छन् । कसैले बदाम बेचेर सयौं कमाउन थालेका छन् भने कसैले अन्य व्यवसाय गरेर मनग्गे आम्दामी लिन थालेको स्थानिय ईश्वरबहादुर अधिकारीले बताए ।

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 1211

प्रतिक्रिया (०)

सम्बन्धित खबर