Aamsanchar

क्षितिजले बजाउने भयो बाजा, नेतृत्व मायाले गर्ने

Author Image
सोमवार, पौष १९, २०७८

कामका आधारमा गरिने जातीय बिभेदको अन्य गरौं भन्दै आप्नो कला संस्कार र संस्कृति को संरक्षण सम्बर्द्धन गर्ने उद्देश्य का साथ क्षितिज नाट्य प्रतिष्टान झापाले अफ्नो उप समिति का रुपमा क्षितिज नौमती बाजा ब्यबस्थापन समिति गठन गरेको छ ।

क्षितिज नाट्य समुहकी जेष्ट कलाकार तथा केन्द्रीय संरक्षक मायादेवी सिटौला को अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको क्षितिज नाट्य प्रतिष्टानका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण कार्यका अभियन्ता झापाली युवा रंगकर्मी माधब कल्पितले जानकारी दिए । भएको छ ।

बिशेषत महिला समुदायलाई हौषला,अबसर का साथै स्वरोजगार प्रदान गर्ने उद्देश्य का साथ क्षितिज नौमतीबाजा ब्यबस्थापन समिति को गठन गरिएको केन्द्रीय अध्यक्ष कल्पित बताए।

नवगठित समितिमा देवीमाया प्रसार्इं उपाध्यक्ष ,समिक्षा खतिवडा सचिब, संगीता रिजाल कोषाध्यक्ष यसैगरी सदस्यहरुमा गजेन्द्र पृथक,गंगा प्रसार्इं ,सुजाता दहाल राजकुमार भट्टराई र भिमा खतिवडालाई चयन गरिएको नाट्य प्रतिष्टानका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारीले जानकारी दिए ।

नौमती बाजा समितिलाई वडा कार्यलय र नगरको सहयोगमा बाजा र उचित तालिम प्रदानगरी स्वरोजगारको सु अबसर प्रदान गर्नुका साथै समुहले अन्य इच्छुक महानुभावहरुलार्इ समेत सामेल गरि तालिम र अबसर प्रदान गर्ने लक्ष्य लिएको समुहकी अध्यक्ष माया देबी सिटौलाले बताएकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर