Aamsanchar

कनकाई कप भलिबल प्रतियोगिताको उपाधि दमकले हातपार्यो

Author Image
बिहिवार, पौष २२, २०७८

कानकाई । सुरुङ्गा जेसीजको आयोजना र रोटरी क्लव अफ सुरुंगाको सह–आयोजनामा सम्पन्न कनकाई कप भलिबल प्रतियोगिताको उपाधि झापाको दमकले जितेको छ ।

बुधबार झापाको सुरुङ्गामा सम्पन्न खेलमा उपाधि दाबेदार झापा गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै दमकले उपाधि जितेको हो ।
दमकले झापामाथि २५–१६, २२–२५, २५–१९ र २५–२३ को जित निकाल्दै उपाधि हात पारेको हो । पहिलो सेटमा २५–१६ को जित हात पार्दै खेलमा अग्रता लिएको दमकले दोश्रो सेटमा रबिन गौतमले उत्कृष्ट प्रदर्शन गरेपछि खेल झापाले २५–२२ ले गुमाएको थियो । तर, तेश्रो सेटमा धन बहादुर भट्ट, ज्योति प्रकाश लावती र हरिबहादुर अधिकारीले उत्कृष्ट प्रदर्शन गरेपछि दमकले २५–१९ को जित निकाल्दै खेलमा २–१ को अग्रता लियो ।त्यसपछि चौथो सेटमा पनि दमकले उत्कृष्ट प्रदर्शन गरेपछि २५–२३ को जित निकाल्दै उपाधि जितेको थियो । फाईनल खेलको म्यान अफ द म्याच दमकका धन बहादुर भट्ट भए । जितसँगै दमकले नगद एक लाख एक हजार एक सय एघार हात पार्यो भने उप–विजेता झापाले एकाउन्न हजार प्राप्त गर्यो ।त्यस्तैै प्रतियोगिताको बेष्ट डिफेन्सको उपाधि झापाका गणेश कट्वालले हात पारे भने बेष्ट कुइकर दमकका हरिबहादुर अधिकारीले पाए ।

बेष्ट सेटर दमककै हरिहजुर थापा भए भने बेष्ट ब्लकर झापाका रोहित शिवाकोटी भए । त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको उपाधि दमकका धन बहादुर भट्टले हात पारे । उनले नगद दश हजार समेत प्रप्त गरे ।प्रतियोगिताको विजेता तथा उप–विजेताहरुलाई प्रमुख अतिथि प्रतिनिधि सभा सांसद एलपी साँवा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोखरेल, सभाध्यक्ष तथा सुरुङ्गा जेसीज बर्ष २०२१ को अध्यक्ष उषा यदुका उप्रेति लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा प्रदेश १ का ६ पालिकाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर