Aamsanchar

मौसमबारे जानकारी

Author Image
सोमवार, पौष २६, २०७८

काठमाण्डौ । आजदेखि मौसम बिस्तारै खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

वाग्मती प्रदेशमा आजैदेखि पारिलो घाम लाग्न थाल्ने र अरु प्रदेशमा भने पर्सिदेखि मात्रै मौसममा पूर्ण सुधार आउने मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार अरु प्रदेशमा न्यूनचापीय प्रणालीको प्रभाव पर्सिसम्म नै रहनेछ । यस प्रणालीको प्रभावका कारण केही दिनदेखि मौसम बद्ली भएर केही ठाउँमा वर्षा र हिमपात भएको छ ।

आज पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ । भोलि पनि सुदूरपश्चिम र प्रदेश-१ का एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 534

प्रतिक्रिया (०)

सम्बन्धित खबर