Aamsanchar

झापामा माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य, २५ भन्दा बढी भेला हुन राेक

Author Image
बुधवार, पौष २८, २०७८

झापा- कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै झापामा माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य गरिएको छ । सार्वजनिक सेवा प्राप्त गर्न कोभिड विरुद्ध लगाइएको खोप कार्ड अनिवार्य गर्ने निर्णय गरिएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको मंगलवार सम्पन्न बैठकले सो ९ बुँदे निर्णय गरेको छ ।

बैठकले निम्न अनुसारका निर्णय गरेको छ ।

१. सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यहि प्रकृतिको कार्यक्रम नगर्ने । अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्ने नगराउने ।
२. सार्वजनिक स्थानहरुमा (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोवाइलमा फोटो भएपनि हुने) साथमा राख्ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था यही माघ ७ गतेदेखि लागू गर्ने ।
३. माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने र सो को प्रचारप्रसारको लागि सबै स्थानीय तहहरु, नेपाल रेडक्रस सोसाइटी, संघसंस्थाहरु र स्थानीय संचारमाध्यमहरु लगायत सबैमा अनुरोध गर्ने ।
४. नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउने, त्यस्तो परीक्षणबाट संक्रमित देखिएकाहरुलाई तत्काल संस्थागत आईसोलेसनमा राख्ने व्यवस्था मिलाउने । एन्टिजेन परीक्षणको दायरा बढाउन स्वास्थ्य कार्यालयले स्थानीय तहहरु संग समन्वय गर्ने

५. सार्वजनिक स्थानहरुमा निःशुल्क एन्टिजेन टेस्ट बुथहरु स्थापना गर्न र नियमित खोप केन्द्रहरुमा खोपलाई अभियानकै रुपमा अगाडि बढाउन स्वास्थ्य कार्यालयले स्थानीय तहसंग समन्वय गर्ने ।
६. छिमेकी मुलुक भारतमा समेत कोभिड १९ को संक्रमण दर तीव्र रुपमा फैलिरहेको हुँदा अत्यावश्यक काम नपरी सीमा वारपार नगर्ने, अत्यावश्यक काम परि आवत–जावत गर्नु पर्ने भए कोभिड– १९ विरुद्धको खोप लगाएको कार्ड देखाएर मात्र आवतजावत गर्ने
७. कोभिड– १९ को पहिलो र दोस्रो चरणमा संचालनमा ल्याइएका होल्डिङ सेन्टरहरु, आइसोलेसन सेन्टरहरु र अस्पतालहरुलाई तयारी अवस्थामा राख्न सबै स्थानीय तहहरुलाई अनुरोध गर्ने ।

८. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७८÷९÷२६ गतेको सूचना अनुसार देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुले वार्षिक विदामा मिलान हुने गरी २०७८ पौष २७ गतेदेखि माघ १५ गतेसम्म विदा दिने निर्णय गरेको हुँदा उक्त निर्णय कार्यान्वयन गर्न गराउन स्थानीय तहहरु र शैक्षिक प्रतिष्ठानहरुलाई अनुरोध गर्ने ।
९. कोभिड – १९ को संक्रमण दर बढन नदिन घरबाट निस्कदा सबैले मास्क अनिवार्य लगाउने, स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्ने गराउने र कोभिडको १९ को सम्भावित तेस्रो लहरबाट बच्न जनचेतनामुलक सूचना र प्रचारप्रसारको लागि स्थानीय तहहरु, राजनीतिक दलहरु, नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघहरु, गैर सरकारी संस्थाहरु, संचारमाध्यमहरु लगायत अन्य सरोकारवाला निकायहरुसंग अनुरोध गर्ने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 389

प्रतिक्रिया (०)

सम्बन्धित खबर