Aamsanchar

इलाममा सम्पन्न एन्फा जिल्ला ए डिभिजन लिगको उपाधि रेड हर्षद्वारा रक्षा

Author Image
शनिवार, माघ १, २०७८

इलाम – इलाममा सम्पन्न एन्फा जिल्ला ए डिभिजन लिगको उपाधि रेड हर्ष फुटबल क्लबले रक्षा गर्न सफल भएको छ। रेडहर्षले लगातार दोस्रो पटक लिगको उपाधि आफ्नो पक्षमा पारेको हो।

इलाम सदरमुकामस्थित ठूलो टुडिँखेलमा शुक्रबार सम्पन्न फाइनल खेलमा मिलियन फ्रेन्डस् क्लब (एमएफसी) पान्दामलाई ४–० गोल अन्तरले हराउँदै रेड हर्ष लिग च्याम्पिन बन्न सफल भएको हो। रेडहर्षको जितमा पासाङ शेर्पा र सन्तोष रम्तेलले समान दुई दुई गोल गरे।

जिल्ला लिग च्याम्पियन भएसँगै रेड हर्षले प्रदेश लिगमा इलामको नेतृत्व गरेर सहभागिता जनाउन पाउने भएको छ।

लिग च्याम्पियन बनेको रेड हर्षले २५ हजार र उपविजेता पान्दामले १५ हजार रुपैयाँ पुरस्कार पाएको छ। क्लब ओएसिसका चैतहाङ लिम्बु उदीयमान खेलाडी घोषित भए।  विजेता तथा उपविजेता दुबै टिमलाई इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, एन्फाका केन्द्रिय सदस्य निरोज खड्गी, जिल्ला फूटबल संघका अध्यक्ष महेश श्रेष्ठ, इलाम नगर खेलकुद बिकास समितिका अध्यक्ष बिनोद श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए।

संघमा आवद्ध रहेका १३ वटा क्लबले लिगमा सहभागिता जनाएका थिए। प्रतियोगिताको अन्तिममा रहने दुई टोली रेलिगेसनमा पर्दै बी डिभिजनमा घटुवा भएका छन्। उनीहरुको स्थान नकाउट प्रतियोगिता सञ्चालन गरेर विजेता र उपविजेता बन्ने टोलीलाई बढुवा गरिनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर