Aamsanchar

पीएम कप टी–२०मा पुलिससँग प्रदेश-१ र वाग्मतीसँग गण्डकी प्रदेश खेल्दै

Author Image
शनिवार, माघ १, २०७८

काठमाण्डाै – पीएम कप टी–२० राष्ट्रिय क्रिकेटमा आज दुई खेल हुँदैछ ।

पहिलो खेलमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे  नेपाल पुलिस क्लब र प्रदेश-१ खेल्ने छन् । यस्तै, दोस्रो खेलमा वाग्मती प्रदेश र गण्डकी प्रदेश खेल्ने छन् ।

खेल कीर्तिपुरमै दिउँसो १ बजे हुनेछ । पीएम कप क्रिकेटमा हिजो आर्मी, पुलिस, एपीएफ र वाग्मती प्रदेश विजयी भएका थिए ।

त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेश, पुलिस क्लबले कर्णाली प्रदेश, एपीएफले लुम्बिनी र वाग्मतीले प्रदेश-२ लाई हराएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर