Aamsanchar

झापाबाट हराएका ३ बालकमध्ये १ जना भेटिए

Author Image
शनिवार, माघ १, २०७८

झापा-गौरादहबाट हराएका तीन बालकमध्ये एक जना फेला परेका छन्। दुई जना अझै बेपत्ता रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

गौरादह नगरपालिका-३ बरगाछी टोलका श्रीप्रसाद राजवंशीका छोरा १० वर्षीय आयुष, राहुल पराजुलीका छोरा १२ वर्षीय विशाल र १० वर्षीय विवेक बिहीबार बेलुका करिब ४ बजेदेखि हराएका थिए। उनीहरु घर नजिकैसँगै खेल्न गएका थिए। बिहीबार रातिसम्म घर नफर्किएपछि उनीहरूका अभिभावकले इलाका प्रहरी कार्यालय गौरादहमा जानकारी गराएका थिए।

प्रहरी र गाउँले उनीहरूको खोजी सुरु गरेका थिए। खोजी गर्ने क्रममा आयुश शुक्रबार परिवारको सम्पर्क आएको डिएसपी पाठकले बताए। पराजुली दाजुभाइ छोरा शनिवार बिहानसम्म कसैको सम्पर्क नआएको र उनीहरूको खोजी भइरहेको उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर