Aamsanchar

झापा : दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु

Author Image
आइतवार, माघ २, २०७८

झापा- झापाका दुई छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिवार राती पौने ९ बजेको समयमा झापाको मेचीनगर नगरपालिका-९ मा दक्षिणबाट उत्तर तर्फ जादै गरेको ज.५ प १७३१ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ५४ बर्षीय करण बहादुर खडकालाई ठक्कर दिंदा खड्का घाईते भएका थिए । घाईतेलाई उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यसैगरी झापाकै बाह्रदशी गाउँपालिका-६ मा शनिवार साँझ मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राजगढबाट चारपाने तर्फ आउदै गरेको प्रदेश १-०१-०१४ प ९५३९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित दुर्घटना हुँदा घाईते भएका बिर्तामोड-६ का २० बर्षीय अभिसेक सुन्दासको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर