Aamsanchar

प्रधानमन्त्री कप  टी–ट्वान्टी क्रिकेट : आज सेमिफाइनलका खेलहरु हुुँदै

Author Image
मङ्गलवार, माघ ४, २०७८

काठमाडौं  –  प्रधानमन्त्री कप  टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सेमिफाइनलका खेलहरु हुुँदैछन्। त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशविरुद्ध खेलिरहेको छ। टस जितेर पुलिसले ब्याटिङ गर्ने भएको छ।

पुलिस समूह ‘ए’को विजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो। बागमती भने समूह ‘बी’को उपविजेता टोली हो। पुलिसले समूह चरणमा सतप्रतिशत नतिजा निकालेको थियो। बागमती प्रदेश भने एपीएफसँग पराजित भएको थियो।

आजै हुने दोस्रो सेमिफाइनलमा दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मीले प्रतिस्पर्धा गर्नेछन्। एपीएफ समूह ‘बी’ को विजेता टोली हो भने आर्मी समूह ‘ए’ को उपविजेता टोली हो।

एपीएफले समूहका चारै खेल जितेको थियो। साविक विजेता आर्मीले भने चारमध्ये दुई खेलमा जित तथा एक खेलमा अंक बाडेको थियो भने आर्मी एक खेलमा पराजित भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 658

प्रतिक्रिया (०)

सम्बन्धित खबर