Aamsanchar

नेपाली राष्ट्रिय फुटबल टोलीकाे प्रशिक्षण आजदेखि

Author Image
मङ्गलवार, माघ ४, २०७८

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण थल्ने भएको छ ।  अफ्रिकी देश मौरिससविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण सुरु हुन लागेको हो।

प्रशिक्षणका लागि सबै खेलाडी एन्फा कम्प्लेक्स सातदोबाटोको होस्टलमा छन् । नेपालले आउँदो १५ र १८ गते दशरथ रङ्गशालामा मौरिसससँग खेल्दैछ ।

अफ्रिकी देशसँग नेपालको यो पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हो ।प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसअघि नै खेलका लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 443

प्रतिक्रिया (०)

सम्बन्धित खबर