Aamsanchar

झापामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाकाे मृत्यु, ३ गम्भीर घाइते

Author Image
बुधवार, माघ ५, २०७८

दमक –झापाको कचनकवल–४, केचना बजारमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते भएका छन् ।

भारतीय नम्बरप्लेट बीआर३७सी ९००८ र बीआर३७इ १९९४ नम्बरका मोटरसाइकल एकापसमा ठोक्किँदा भारतीय नागरिक सञ्जीव सिंहको मृत्यु भएको हो । घाइते सिंहको उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।सो दुर्घटनामा कचनकवल–४ का ३० वर्षीय प्रदीप गणेश, भारतीय नागरिक हरण गणेश र एमडी ओकिल मियाँ गम्भीर घाइते भएका छन् । मोटरसाइकलमा सवार सबैले मादकपदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।त्यसैगरी, भद्रपुर–३, ज्ञानेचोकमा मे३प १५३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । दुर्घटनामा कचनकवल–६ का अस्नव अन्सारी र भारतीय नागरिक नासुब खातुन घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 439

प्रतिक्रिया (०)

सम्बन्धित खबर