Aamsanchar

धनुषामा २५ वर्षीया युवतीको हत्या भएको अवस्थामा शव फेला

Author Image
बिहिवार, माघ ६, २०७८

  धनुषामा एक युवतीको हत्या भएको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ६ स्थित मालटोलमा अवस्थित आँपको बगैँचामा अन्दाजी २५ वर्षीया युवतीको हत्या भएको अवस्थामा शव फेला परेको हो । टाउको फुटेको र रगतले लतपतिएको अवस्थामा युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिए ।युवतीको पहिचान भने खुलिसकेको छैन । यता घटनाबारे अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ । ती युवतीको बलात्कार गरेर हत्या गरेको हुन सक्ने आशंका धनुषा प्रहरीले गरेको छ । यता सो घटना बारे थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 434

प्रतिक्रिया (०)

सम्बन्धित खबर