Aamsanchar

काेराेना संक्रमण बढेकाे भन्दै प्रशासन कार्यालय झापाले जारी गर्याे यस्ताे आदेश

Author Image
बिहिवार, माघ ६, २०७८

झापा- कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय झापाले आज मध्य रातिदेखि लागु हुनेगरी कुनै पनि प्रकारको सभा समारोह, आमसभा, जुलुस, भेला गर्न माघ मसान्तसम्म रोक लगाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड– १९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषद्) को मिति २०७८/०९/३० गतेको निर्णयबाट जारी आदेश, संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी यस अर्को सूचना नभएसम्म लागू हुने गरी आदेश जारी गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 493

प्रतिक्रिया (०)

सम्बन्धित खबर