Aamsanchar

आज थप १२ हजारभन्दा बढीमा काेराेना, ५७ हजार भन्दा धेरै सक्रिय संक्रमित

Author Image
बिहिवार, माघ ६, २०७८

काठमाडौं –नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५७ हजार नाघेको छ ।  बिहीबार  १२ हजार ३ सय ३८ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ५७ हजार ३ सय २८ पुगेको हो।

यीमध्ये ५५ हजार ८ सय ३६ जना होम आइसोलेसनमा छन् भने १ हजार ४ सय ९२ जना संस्थागत आइसोलेसनमा रहेका छन्। १ सय ८६ जनाको आइसियु र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा २७ हजार ४ सय ९७ जनाको परीक्षण गर्दा १२ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो।यो अवधिमा ६ सय ४९ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ।

यसअघि हिजो २३ हजार ४ सय ९ जनाको परीक्षण गर्दा ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर